झापा ५ मा प्रतिनिधिसभा तर्फको मतगणना सुरु, क्षेत्र नं. ३ मा ५०० मत गणना
Published: (Updated: )
by .झापा । झापाको निर्वाचन क्षेत्र नं. ५ मा प्रतिनिधि सभा सदस्यतर्फ पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतको मतगणना प्रारम्भ भएको छ ।
पहिलो चरणमा गौरीगञ्ज आधारभूत विद्यालय, गौरीगञ्ज, गौरीगञ्ज मावि, गौरीगञ्ज, गौरी आधारभूत विद्यालय, ठेकीटोला, जनता आधारभूत विद्यालय, चिलहरा, खजुरगाछी मावि, खजुरगाछी र बाणी मावि, गोहाबारीका केही मतपेटिका खोलिएको हो ।
निर्वाचनको नियमानुसार ७ वटा मतदान केन्द्रको मतपत्र मिसाई गणना गर्न सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेकाले सर्वत्र चासोका रुपमा लिइने गरिएको छ ।
यसैबीच झापा क्षेत्र नं. ३ मा ५०० मत गणना गरिएको छ ।
प्रारम्भिक मत परिणामअनुसार एमालेको समर्थनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले २२७ मत पाएका छन् भने नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार कांग्रेस पूर्व महामन्त्री कृष्ण सिटौलाले २१३ मत प्राप्त गरेका छन् ।
साझामञ्चकर्मी द्रोण अधिकारीका अनुसार घण्टी चुनाव चिन्हको २१ मत आएको छ भने बदर मतसंख्या २६ रहेको जनाइएको छ ।
Comments