झापा क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
Published:
by .कनकाई । झापा निर्वाचन क्षेत्र नं.४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । क्षेत्र नं. ४ को ७०० मत गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकाल सुस्केराले ३२५ मत प्राप्त गरेका छन् ।
उनलाई नेकपा एमाले लालप्रसाद साँवाले १९७ मतले पछ्याइरहेका छन् भने नेपाली कांग्रेसका देउमान थेवेले ११५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी हाम्रो नेपाल पार्टीले ९ मत, मगोल नेशनल अर्गानाइजेशनले २ मत, स्वतन्त्र (क्रस खुकुरी) चुनाव चिन्हले १४ मत र स्वतन्त्र (माछा) चुनाव चिन्हले १ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । हालसम्म निर्वाचन क्षेत्र नं. ४ मा ७०० मत गणना भएको छ ।
Comments