Sajhamanch Archive

झापा५ : केपी ओली दोब्बर मतले अगाडि

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by .

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ मा निकटतम् प्रतिद्वन्द्वीलाई दोब्बर मतले अग्रता लिएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले ३ हजार २१२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत पाएका छन्।

सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई माओवादी केन्द्र, नेकपा ९एकीकृत समाजवादी०, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन छ।

सो क्षेत्रको ६ हजार २०७ मत गणना भएको छ। हालसम्म ४१४ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख छ ।

निर्वाचन अधिकृत कार्यालयका अनुसार गोरीगंज गाउँपालिकाको मत गणना भइरहेको छ। गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गोरीगंजमा कांग्रेसले ५ हजार ६८९ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवारले ३ हजार ३३० मत पाएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *