Sajhamanch Archive

आम चुनाव २०७९ : झापा ५ मा ओली, कार्की र थापाको अग्रता

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by .

दमक । झापा निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा र प्रदेशसभामा नेकपा एमालेका उम्मेदवारहरु अगाडि रहेका छन् ।

प्रतिनिधि सभातर्फ पार्टी अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ६७१ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले निकटतम् प्रतिद्वन्दीका रुपमा १० हजार ९१२ मत प्राप्त गरेका छन् ।

झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेसकुमार पोख्रेलले चुनाव चिह्न घण्टीमा ३ हजार ७७७ मत प्राप्त गरेका छन् ।

झापा ५ मा १,५४,२८९ मतदाता रहेकोमा १ लाख २ हजार १५० मत खसेको छ । प्राप्त मत परिणाम ३७,८०३ मत गणना हुँदाको हो र २,१७२ मत बदर भएको छ ।

प्रदेश सभातर्फ ५(१) मा २,००५ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार हिक्मत कार्कीले ९८१ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका जीवन राईले ६३२ मत प्राप्त गरी पछ्याउँदै छन् ।

त्यस्तै प्रदेश सभा ५(२) तर्फ २,५३२ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार होमबहादुर थापाले १,२३४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका गगन पुरीले ७८४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *