Sajhamanch Archive

सुजतालाई पराजित गर्दै मोरङ–२ मा एमालेका पोखरेल निर्वाचित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

बिराटनगर । मोरङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ऋषिकेश पोखरेल निर्वाचित भएका छन् । उनले सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन् । पोखरेल र कोइरालाको मतान्तर १२०८ छ ।

नेकपा (एमाले)का नेता पोखरेलले ३३ हजार १४८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका कोइालाले ३१ हजार ९४० मत प्राप्त गरेको निर्वाचन अधिकृत नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

उनका अनुसार सो क्षेत्रमा १ लाख २४ हजार ७२९ मतदाता रहेकोमा ८० हजार ४३० मत खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम मत परिणाम सार्वजनिक गर्दै पोखरेल निर्वाचित भएको घोषणा गरेको थियो ।

२०७४ सालमा भएको निर्वाचनमा बाम गठबन्धन हुँदा पोखरेल नेपाली कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए । यसपटक उनले नेपाली कांग्रेसका तत्कालिन सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालकी छोरी सुजातालाई पराजित गरेका हुन् । पोखरेल २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *