कालिस्थानमा मंसिर १८ गतेबाट श्रीमद्स्कन्ध महापुराण हुँदै
Published:
by .अर्जुनधारा । यहाँस्थित कालिस्थानमा रहेको कालिकापीठको १८औं वार्षिक अनुष्ठानको अवसर पारेर आयोजना गर्न लागिएको एकादश दिवसीय विराट महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ ।
पूर्वको सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानमा वार्षिक उत्सवको अवसर पारेर श्रीमद्स्कन्ध महापुराण एवं महारुद्रीसहित आगामी मंसिर १८ गतेबाट २९ गतेसम्म विराट महायज्ञ गरिन लागेको हो ।
संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष पूरा गर्न अक्षयकोष बृद्धि, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि विराट महायज्ञको आयोजना गरिएको पीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
उक्त एकादश दिवसीय संगीतमय श्रीमद्स्कन्ध महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, प्रकाण्ड विद्वान गुरु चैतन्य कृष्णबाट संगीतमय कथा प्रवचन रहने जनाइएको छ । वैदिक एवं पौराणिक ग्रन्थहरुका मर्मज्ञ विद्वान आचार्य रघुनाथ रिजालको आचार्यत्वमा विद्वत आचार्यहरुद्वारा महारुद्री महायज्ञ सञ्चालन हुने पीठका उपाध्यक्ष कर्णबहादुर तामाङले जनाए ।
दैनिक ३० बढी ब्राम्हण बटुकहरुद्वारा श्रीमद्स्कन्द महापुराण एवं महारुद्राभिषेक, बेद एवं पूर्वीय वैदिक धर्मग्रन्थहरुको स्तोत्र पाठ हुने महायज्ञमा कायिक, वाचिक, मानसिक, आर्थिक एवं विभिन्न रुपले सक्रिय सहयोग पु¥याइ भब्य, सभ्य र मर्यादित रुपमा सफल बनाउन सम्पूर्ण धर्मप्रेमी महानुभाव, सवै राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगी, ब्यवसायी एवं आम जनसमुदाय समक्ष अध्यक्ष पोखरेलले अपिल पनि गरेका छन् ।
Comments