एकल महिला छहारीमा २५ जना महिलालाई साडी वितरण
Published: (Updated: )
by .भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह झापाले महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ ।
सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला छहारीमा मनाइएको अभियानमा एकल महिला समूहले पहिचानका आधारमा २५ जना नारीलाई साडी प्रदान गरिएको हो ।
सीता गुरागाईंको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको विशेष अतिथि मानव अधिकारका लागि महिला एकल महिलाका केन्द्रीय सचिव रेखा अधिकारी रहेकी थिइन् ।
Comments