एमालेले टुंग्यायो प्रतिनिधि सभाका समानुपातिक सांसद र प्रदेश १ का समानुपातिक सांसदहरु
Published: (Updated: )
by .काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिक पद्धतितर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।
आदिवासी जनजातितर्फः (पुरुष) देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई र (महिला) नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा ।
खसआर्यतर्फः (पुरुष) रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही र (महिला) मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल ।
थारुः आश्माकुमारी चौधरी, शान्ति चौधरी ।
दलितः ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा ।
मधेशीः गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया ।
मुस्लिमः सराज अहमद खान ।
प्रदेश १ का समानुपातिक सांसदहरुः
नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम पनि टुंगो लगाएको छ । आज शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो ।
प्रदेश १ मा एमालेबाट समानुपातिकमा छानिएका उम्मेदवारहरु निम्नअनुसार छन्ः
आदिवासी जनाजाति महिलाः सिर्जना दनुवार (उदयपुर), कमला थापा मगर (झापा), मीना श्रेष्ठ (सुनसरी), सिर्जना राई (भोजपुर), मालतीकुमारी लिम्बू (मोरङ) ।
आदिवासी जनाजाति पुरुषः नम्बरलाल धिमाल (झापा)
खसआर्य महिलाः शिला दीक्षित (मोरङ), तारादेवी ढकाल (झापा), मीरादेवी खनाल आचार्य (सुनसरी), गीतादेवी रेग्मी (उदयपुर) ।
अल्पसंख्यकः लाहुरीकुमारी जिमी याक्ख्या (सुनसरी) ।
दलितः कमला दर्नाल (तेह्रथुम) ।
मधेसीः गीतारानी महतो (मोरङ) ।
मुस्लिमः नुरसदी वेगम (मोरङ) ।
थारुः ललिताकुमारी चौधरी (झापा) ।
Comments