सर्वेक्षक (SURVEYOR) कर्मचारी आवश्यकता सम्बन्धी एनएमसी कर्पाेरेट कार्यालयको सूचना
Published: (Updated: )
by .असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. NMC-COOP
कर्पाेरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा
प्रथमपटक प्रकाशित मितिः २०७९/८/२७
विज्ञापन नं. ३३ (२०७९।०८०)
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) र VARAHA CLIMATEAG PRIVATE LIMITED, HARIYANA, INDIA का बीचमा जलवायु परिवर्तनको प्रभाव र कार्बन उत्सर्जन न्यूनीकरणसँग सम्बन्धित साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको छ । यसै कार्यक्रम अन्तर्गत यस संस्थाको कार्यक्षेत्र भित्र कृषि वन (AGRO FORESTRY) को काम गर्दै आउनु भएका वा विस्तार गर्न इच्छुक सदस्य र किसानहरूले सञ्चालन गरिरहनु भएको वृक्षारोपण, जडीबुटी लगायत वन पैदावारसँग सम्बन्धित कार्यको तथ्याङ्क सङ्कलन गर्नुपर्ने भएको हुँदा तपसिलमा उल्लिखित योग्यता पुगेको नेपाली नागरिकले आवेदन पेस गर्नहुन यो सूचना आह्वान गरिएको छ ।
१. सर्वेक्षकको लागि आवश्यक योग्यताः
१.१ नेपाली नागरिक हुनुपर्ने ।
१.२ १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
१.३ एन्ड्रोइड फोन भएको ।
१.४ सामान्य अनलाइन फर्म भर्न जान्ने
१.५ साविकको एसएलसी वा हालको कक्षा १२ उत्तीर्ण गरेको ।
२. आवश्यक संख्या र कार्यक्षेत्रः
२.१ करिव २० जना (सरदर झापा ५, इलाम १५)
२.२ यस संस्थाको वित्तीय सेवाकेन्द्रगत आधारमा निम्न अनुसार सर्वेक्षक आवश्यक रहेको छ ।
२.३ झापा जिल्ला अन्तर्गत बाहुनडाँगी, बौद्धमोड, शान्तिनगर, बुधबारे, खुदुनाबारी र इलाम जिल्ला अन्तर्गतका चुलाचुली, दानाबारी, फिक्कल, इलाम, नयाँबजार, मंगलबारे लगायतका क्षेत्र ।
३. कामको विवरणः
३.१ सर्वेक्षकले आफूसँग भएको एन्ड्रोइड फोन प्रयोग गरी संस्थाले उपलब्ध गराएको APPS मार्फत डाटा सङ्कलन गर्नुपर्नेछ ।
३.२ एप सञ्चालन विधि र डाटा सङ्कलन सम्बन्धित तालिम संस्थाले उपलब्ध गराउने छ ।
३.३ कार्य अवधि अधिकतम १५ दिनको रहनेछ । तर सर्वेक्षकले तोकिएको संख्या समय अगावै पूरा गरेमा कार्यअवधि समाप्त भएको मानिनेछ ।
४. सेवा सुविधाः
४.१ प्रति सर्भे (एक किसान) डाटा सङ्कलन गरेबापत संस्थाले रु. २०० (दुईसय) उपलब्ध गराउने छ ।
४.२ सर्वेक्षकको औषत क्षमताका आधारमा दैनिक औषत १० जनासम्म किसानको तथ्याङ्क सङ्कलन गर्न सकिने अनुमान रहेको छ । आफ्नो क्षमताका आधारमा सोभन्दा बढी पनि गर्न सकिनेछ ।
४.३ सर्वेक्षकको पारिश्रमिक भुक्तानी संस्थामा सञ्चालित निक्षेप खातामार्फत गरिनेछ ।
४.४ सर्वेक्षकलाई डाटा सङ्कलनमा जाँदा संस्थाको तर्फबाट आइडी कार्ड र आवश्यक सामग्री उपलब्ध गराइनेछ ।
५. आवेदन र छनोट प्रक्रिया :
५.१ योग्यता पुगेका व्यक्तिले आफूलाई पायक पर्ने संस्थाको नजिकैको वित्तीय सेवाकेन्द्रमा गई निःशुल्क आवेदन फारम भर्नुपर्नेछ । आवेदन फारम भर्दा अनिवार्य रुपमा नागरिकताको प्रतिलिपि र पासपोर्ट आकारको रंगीन फोटो संलग्न राख्नुपर्नेछ । वा
५.२ योग्यता पुगेको व्यक्तिले अनलाइन मार्फत समेत आवेदन पेश गर्न सक्नेछ । यसका लागि संस्थाको आधिकारिक वेबसाइट https://nmc.coop.np/career मा गई Open Vacancy को विज्ञापन नं. ३३ (२०७९।०८०) मा रहेको अनलाइन फर्ममा Apply Online गर्न सकिनेछ । अनलाइन फारम भर्ने आवेदकले अनलाइनमा नै नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको रंगीन फोटो अपलोड गर्नुपर्नेछ ।
५.३ न्यूनतम योग्यता पूरा भएका आवेदकहरुलाई सर्ट लिस्ट वा अन्तर्वार्ताको माध्यमबाट छनोट गरिनेछ ।
५.४ एप सञ्चालन सम्बन्धी तालिम भर्चुअल माध्यमबाट (ZOOM Meeting) सञ्चालन गरिनेछ ।
५.५ आवेदन पेस गर्ने अन्तिम मिति २०७९ पुस ६ गते बुधबार कार्यालय समयसम्म । तर तोकिएको अन्तिम समय अगावै योग्यता पूरा गरेका आवश्यक संख्यामा निवेदन पेस हुन आएमा निवेदन दिने अन्तिम मिति अगावै आवेदन बन्द गर्न सकिने छ ।
५.६ अन्तर्वार्ता र छनोट सम्बन्धी प्रक्रियाका लागि आवेदकहरुलाई संस्थाको तर्फबाट इमेल र मोबाइल नम्बरमा Text Message पठाइनेछ ।
थप जानकारीका लागि सम्पर्क मोवाइलहरुः ९८५२६८९४००/९८५२६८९४५०
कर्पाेरेट कार्यालय
Comments