चारआली जंगलका दुईवटा शव इङ्नाम दम्पत्तीको
Published:
by .मेचनीनगर । झापाको चारआली जंगलमा फेला परेको दुईवटा शव मेचीनगर –१२ मा डेरा गरी बस्ने इङ्नाम दम्पत्तीको रहेको पहिचान खुलेको छ । झापा प्रहरीका अनुसार उक्त शव ५१ वर्षीय नेत्र इङ्नाम र उनकी पत्नी सन्जु लिम्बूको भएको खुलेको हो ।
मेचीनगर–१३ मा जंगल क्षेत्रभित्र उनीहरुको शव भेटिएको थियो । मेचीनगर– १२ मा डेरा गरी बस्ने उनीहरु श्रीमान श्रीमती हुन् र उनीहरु १२ दिनदेखि सम्पर्क विहीन थिए । सन्जु लिम्बू नेत्रको कान्छी श्रीमती भएको बताइएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार दुवै जनाले आत्महत्या गरेको हुन सक्छ । दुवै जनाको घाँटीमा डोरी भेटिएको र रुखमा पनि डोरी भेटिएकोले आत्महत्या हुन सक्ने अनुमान गरिएको हो ।
झापाका प्रहरीका प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार अति दुर्गन्धित अवस्थामा उनीहरुको शव भेटिएको हो । घटना केही दिन अघिकै हुनसक्छ, प्रवक्ता पाठकले भने ‘अनुहार राम्रोसँग चिनिँदैन, कपडाका आधारमा पहिचान गरिएको हो । उनीहरु डेरा बस्ने घरका व्यक्तिहरुले शवको पहिचान गरेका हुन् ।
दुवै शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ ।
Comments