Sajhamanch Archive

‘मिस तामाङ वल्र्ड २०२२’ को तयारी तीब्र, फारम भर्ने म्याद पुष १५ सम्म

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

झापा । ‘मिस तामाङ वल्र्ड २०२२’ का लागि तयारी तीब्र पारिएको छ । मिस तामाङ फाउण्डेशनले आयोजना गर्दै आएको ‘मिस तामाङ वल्र्ड’ को २०२२ संस्करणको तयारी तीब्र परिएको हो । फाउण्डेशनले आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको गरी ‘मिस तामाङ वल्र्ड २०२२’को तयारीका बारेमा जानकारी गराएको हो ।

फाउण्डेशनले ‘मिस तामाङ वल्र्ड २०२२’ को ग्रान्ड फिनाले भारतको सिलीगढीमा आगामी फेब्रअरी ११ तारिखमा गर्ने जनाएको छ । विश्वका कुनै पनि देशका तामाङ युवतीहरुले सहभागिता जनाउन पाउने मिस तामाङ वल्र्डमा नेपाल, भारत, अस्ट्रेलिया, अमेरिका र जापानमा बसोबास गरिरहेका तामाङ युवतीहरुले सहभागीता जनाउने तयारी भइरहेको आयोजक संस्थाले जनाएको छ ।

मिस तामाङ वल्र्डका लागि १६ वर्ष पूरा भएका, अविवाहित र कक्षा १२ पास गरेका युवतीहरु हुनुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि फारम खुल्ला गरिएको आयोजकको भनाई छ । आगामी पुष १५ सम्म अनलाइन मार्फत फारम भर्न सकिने आयोजकले बताएको छ ।

भारतको सिक्किम, सिलीगढी र नेपालको काठमाडौंमा प्रत्यक्ष अडिशन हुने र अन्य स्थानमा भर्चुअल माध्यमबाट अडिशन गरिने फाउण्डेशन अध्यक्ष मिलन मोक्तानले जानकारी दिए । अडिशनबाट छनोट भएका प्रतियोगीहरुलाई नेपालमा विभिन्न स्थानमा २० दिन र भारतमा १० दिन प्रशिक्षण दिइनेछ ।

‘मिस तामाङ वल्र्ड २०२२’ का विजेताले नगद १० लाख रुपैयाँसहित ताज र विभिन्न पुरस्कार पाउनेछन् । अलग–अलग ७ वटा विधामा छनोट हुने प्रतियोगीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *