Sajhamanch Archive

झापाबाट निर्वाचित ६ जना सांसद संसदीय दलको नेतामा निर्वाचित

Published: (Updated: ) in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

झापा । झापाबाट प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार भई विजयी सांसदहरु तथा राष्ट्रिय सभाका एकजना सदस्य संसदीय दलको नेता बनेका छन् ।

प्रतिनिधिसभा नेकपा एमाले संसदीय दलको नेतामा पार्टी अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का सांसद केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा झापा क्षेत्र नं. ३ बाट विजयी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सर्वसम्मत संसदीय दलको नेता भएका छन् ।

यस्तै राष्ट्रिय सभामा नेकपा एमालेका नेता झापाकै देबेन्द्र दाहाल एमाले संसदीय दलको नेता चयन भएका छन् ।

प्रदेश सभामा नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा संसदीय दलको नेतामा पनि झापाका नेताहरु निर्वाचित भएका छन् । झापा क्षेत्र नं। ५९१० बाट निर्वाचित प्रदेश सभाका सदस्य हिक्मतकुमार कार्की नेकपा एमालेको संसदीय दलको नेता चयन भएका छन् ।

यस्तै, नेपाली कांग्रेसबाट समानुपातिकमा विजयी सांसद उद्धव थापा नेपाली काँग्रेसको संसदीय दलको नेतामा चयन भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा पनि झापा क्षेत्र नं. ४ (२)बाट निर्वाचित सांसद भक्तिप्रसाद सिटौला चयन भएपछि झापाको सान, मान र गौरव बढेको राजनीतिकर्मीहरुको बुझाई छ ।

राप्रपाबाट निर्वाचित प्रदेश सदस्यसहित प्रदेश १ अध्यक्ष राम थापाको अध्यक्षतामा शुक्रबार बसेको विशेष बैठकले सांसद सिटौलालाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो।

झापा निर्वाचन क्षेत्र नम्बर ४ (२)बाट प्रत्यक्ष तर्फ निर्वाचित सिटौला राप्रपाका केन्द्रीय प्रवक्ता हुन् ।

झापाका यी राजनीतिक व्यक्तिहरुले प्राप्त गरेको अवसरलाई बिरलैमात्र प्राप्त हुने अवसरका रुपमा राजनीतिक क्षेत्रमा चर्चा भइरहेको पाइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *