Sajhamanch Archive

कर्णाली साकोस माइन्युट प्रमाणित सभा सम्पन्न

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज, सहकारी by .

झापा । प्रदेश १ को तीनवटा जिल्लामा कार्यक्षेत्र विस्तार भएको झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाको २२औं वार्षिक साधारणसभा अन्तरगत आज अन्तिम माइन्युट प्रमाणित सभा गरिएको छ ।

बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा बिर्तामोडमा सम्पन्न भेलामा सातवटा एकाई साधारणसभाबाट छानिएर आएका प्रतिनिधिहरुले माइन्युट प्रमाणित गरेका हुन् ।

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न माइन्युट प्रमाणित सभामा नगरप्रमुख प्रसाई, जिल्ला सहकारी संघ झापाका सचिव भवानीप्रसाद दंगाल, वडाध्यक्ष राहुलकुमार शर्मा, बिर्तामोडका डिएसपी रुगमबहादुर कुँवरले मन्तब्य राखेका थिए ।

सो समारोहमा संस्थाका विभिन्न सेवा केन्द्रमा आवद्ध सदस्य परिवारमा कक्षा ११ र १२ मा उत्कृष्ट अंकका साथ उत्तीर्ण हुने ५८ जना विद्यार्थीहरुलाई जनही ८ हजार ५०० का दरले पुरस्कार प्रदान गरियो । सोही प्रकृतिको पुरस्कार यस अगाडि सेवा केन्द्रहरुबाट नै १३ जना विद्यार्थीहरुलाई ५ हजारका दरले वितरण गरिएको जनाइएको छ ।

कर्णाली साकोसले ३९ ठाउँमा स्थानीय साधारणसभा, सात ठाउँमा एकाई साधारणसभा गरी आज छानिएर आएका २६ जना प्रतिनिधिसमेतको उपस्थितिमा माइन्युट प्रमाणित सभा गरिएको अध्यक्ष टसबहादुर प्रधानले हललाई अवगत गराए ।

संस्थाका सचिव भुपाल बस्नेतले सञ्चालन गरेको सभामा उपस्थितहरुलाई कोषाध्यक्ष एकराज विष्टले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *