Sajhamanch Archive

सामुदायिक काम गरेर लायन्स सप्ताह मनाउँदै दमक

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

दमक । लायन्स क्लव अफ दमकले लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर साताब्यापी कार्यक्रम अन्तरगत आज शुक्रबार आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख दिलिप गिरीको प्रमुख उपस्थितिमा दमक बसपार्कमा कार्यक्रम घोषणासहित चेतनामुलक स्टिकर टाँस गर्ने अभियान शुरु भएको क्लवका अध्यक्ष अशोक चौधरीले बताएका छन् ।

सार्वजनिक बस तथा सवारी साधन र सार्वजनिक स्थलहरुमा आत्महत्या न्यूनीकरण गर्न अपनाउन सकिने सचेतताको विषयमा स्टिकरहरु टाँस गरिएको छ ।

लायन्स लिडर तथा क्लवका डाइरेक्टर अजय अग्रवालका अनुसार अहिले समाजमा समस्याको रुपमा बढ्दै गरेको आत्महत्या समस्यालाई न्यूनीकरणका लागि क्लवले शुरु गरेको सचेतता अभियान प्रभावकारी बन्ने विश्वास लिएको बताए ।

आज शनिबार क्लवले कमल गाँउपालिका वडा नं। ६ का एक अशक्त अपाङ्ता भएका बृद्धको घरमा नै पुगेर कम्तिमा पनि ३ महिनालाई पुग्नेगरी खाद्यान्न उपलब्ध गराएको छ । माघे संक्रान्तिको अघिल्लो दिन उक्त परिवारलाई क्लवले खाद्यान्न उपलब्ध गराएको हो । सो वडाका वडाध्यक्ष नरेन्द्र भट्टराई पनि सो अवसरमा सहभागी थिए ।

उक्त कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल ३२५ ए वानका पूर्व गभर्नर रेवतबहादुर कार्की र फूलकुमार लालवानी लगायतको उपस्थिति थियो । उनीहरुले लायन्स क्लव झापा दमकले सप्ताह कार्यक्रम फरक फरक बहु उपयोगी तवरले गरेको भन्दै प्रशंशा पनि गरेका छन् ।

लायन्स क्लव अफ झापा दमकका सचिव विष्णुप्रसाद पोखरेलका अनुसार लायन्स क्लवले अति विपन्न समुदायलाई खाद्यान्न उपलब्ध गराउने, उपचारमा सहयोग गर्नेजस्ता कार्यक्रमहरु गर्दै आएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *