ज्योति कीर्तिन मण्डलीको रचनात्मक कार्य, विपन्नलाई न्यानो कपडा
Published:
by .बुद्धशान्ति । ज्योति कीर्तन मण्डली बुद्धशान्ति ५ आइयाबारीले जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै विपन्न परिवार र असहायलाई न्यानो कपडा वितरण गरेको छ ।
माघे संक्रान्तिको अवसर पारेर कीर्तन मण्डलीले ३८ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो भने विपन्न परिवार र असहायलाई न्यानो कपडा वितरण गरेको अध्यक्ष बिनु दाहालले जानकारी दिएकी छन् ।
सोही अवसरमा मारवाडी महिला मञ्च मेचीनगर र मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्माको सहयोगमा उनीहरुलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष दाहालले बताइन् ।
त्यसैगरी सोही वडाका अध्यक्ष डेगेन्द्र कार्कीले आफ्नो जन्म दिनको अवसरमा कीर्तन मण्डलीलाई साउण्ड सिस्टम प्रदान गरेका छन् ।
वडाध्यक्ष कार्कीले जन्मदिन समाजमा समर्पित गर्दै आएको बताउँदै विगतको जन्मदिनमा पनि अति विपन्न परिवारलाई स्वास्थ्य बीमा अनि सामाजिक क्रियाकलापमा सहयोगी भूमिका निभाउँदै आएको स्मरण गरे । उनले यो वर्ष पनि सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने गरेको अनुभव सुनाए ।
दाताहरु मारवाडी महिला मञ्च मेचीनगर, मेचीनगर लेडी जेसिजकी संस्थापक अध्यक्ष कविता शर्मा, वडाध्यक्ष कार्की, सदस्य रामलगन चौधरी, समाजसेवी थिरेन्द्र खतिवडा, सोमनाथ ढकाल, नारायण दाहाल, टोल विकास संस्थाका अध्यक्ष टेकराज बिष्ट र बुद्धशान्ति प्रेस क्लबका अध्यक्ष आयुष निरौलाले मन्तब्य राख्दै कीर्तन मण्डलीले गरेको कार्यक्रमको खुलेर प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।
मण्डलीका अध्यक्ष बिनु दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा मण्डलीले आरती भजन गर्दै सहयोगदाता र अतिथिलाई स्वागत गरेका थिए ।
सचिव खगेन्द्र आचार्यले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सन्चालन युनिका दाहालले गरेकी थिइन् ।
Comments