एमालेबाट देवराज घिमिरेले गरे सभामुखमा मनोनयन दर्ता
Published:
by .काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । संसद् सचिवालयमा आज उनले प्रतिनिधिसभाको सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् ।
झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएर पहिलोपटक प्रतिनिधिसभा सदस्य बनेका घिमिरे २०५६ मा राष्ट्रिय सभा सदस्य चुनिएका थिए । अहिले उनी एमालेको स्थायी कमिटी सदस्य तथा प्रदेश १ को इन्चार्ज छन् ।
सभामुख पदमा एमाले र उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने सत्ता साझेदार दलहरूको सहमति रहेको छ । एमालेमा सभामुखका लागि पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, छविलाल विश्वकर्मा र विद्या भट्टराई चर्चामा थिए ।
सभामुख पदको बिहीबार हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी मनोनयन गर्ने संघीय संसद् सचिवालयको कार्यतालिका छ ।
२०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । एमालेका स्थायी कमिटी सदस्य रहेका उनी २०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । २०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।
Comments