Sajhamanch Archive

हेलिकप्टर दुर्घटनामा युक्रेनका मन्त्रीसहित १८ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, विश्व समाचार by .

झापा । युक्रेनको राजधानी किभस्थित हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । बुधबार किभस्थित एक स्कुलमा क्षति पुग्ने गरी हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा मन्त्री डेनेस मोनास्टिर्स्कीसहित ९ जना सवार थिए ।

जहाँ तीन बालबालिकाको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । साथै दुर्घटनामा १५ जना घाइते भएका छन् । उनीहरूको अहिले नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

आन्तरिक मामिलामन्त्री डेनेसका सहायकमन्त्रीको पनि मृत्यु भएको अधिकारीहरूले बताएका छन् । राष्ट्रिय प्रहरी प्रमुख इहोर किमेन्कोले युक्रेन सरकारको आपतकालीन सेवाको हेलिकप्टर दुर्घटनामा परेको भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

स्कुलबाट नजिकै हेलिकप्टर दुर्घटना भएपछि स्कुलका बालबालिका र कर्मचारीहरू भागेर सुरक्षित स्थानतर्फ गएका थिए । दुर्घटनाले किन्डरगार्डेन सञ्चालन भएको भवनमा पनि ठूलो क्षति पुगेको छ । साथै आगोको मुस्लो लागिरहेको देखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *