उपसभामुखमा इन्दिरा रानालाई रास्वपाले उम्मेदवार बनाउने
Published:
by .काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।
आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको छ ।
सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे हिजो सभामुख निर्वाचित भइसकेका छन् ।
उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने छ ।
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ११ निवासी सामाजिक अभियन्ता राना समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेकी हुन् । सत्तारुढ गठबन्धनबाट राना उपसभामुख विजयी भएपछि संयोग नै सही एउटै निर्वाचन क्षेत्रबाट सभामुख र उपसभामुख हुने निश्चित छ ।
Comments