बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम
Published:
by .बिर्तामोड । सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सञ्चालनका लागि बिर्तामोडका सहकारीकर्मीलाई तालिम सुरु गरिएको छ । बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको सो तालिममा ६० जना सहभागी रहेका छन् ।
बिर्तामोड नगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका प्रदेश र नगरपालिका मातहतका सहकारी संस्थाका प्रतिनिधिहरुलाई कोपोमिस तालिम दिइएको सहकारी शाखाका अधिकृत डिल्ली दाहालले जनाएका छन् । बिर्तामोडमा प्रदेश मातहतका ९२ र नगरपालिका मातहतका ३४ वटा सहकारी सञ्चालनमा रहेका सहकारी तथा सामाजिक विकास शाखा प्रमुख डिल्ली दाहाल बताउँछन् ।
बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले तालिम उद्घाटन पछि बोल्नेक्रममा भनिन्, सहकारीमा देखिएका समस्याहरुलाई हल गर्दै व्यवस्थित गरेर लैजानु पर्ने आवश्यकता रहेकाले सहकारीलाई थप बलियो बनाउने विषयमा तालिम महत्वपूर्ण हुनेछ ।
सामाजिक विकास शाखाका संयोजक तथा कार्यपालिका सदस्य यामुना आचार्यको अध्यक्षतामा भएको । तालिममा सहकारी अधिकृत डिल्ली दाहाल र सूचना प्रविधि अधिकृत जयराम चौलागाईले प्रशिक्षण प्रदान गरेका छन् ।
Comments