Sajhamanch Archive

नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको वार्षिक साधारण सभामा जनप्रतिनिधि सम्मानित

Published: in अर्थतन्त्र, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, समाज, स्वास्थ्य by .

झापा । प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले कृषिमा व्यवसायिकता अबको आवश्यकता भएको बताएका छन् ।

झापाको सुरुङ्गास्थित धनुकोटी धाम भुरुङ्गमा शनिबार नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखाको दशौं वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री सिटौलाले कृषिमा परनिर्भरता त्याग्दै अब आत्मनिर्भर बन्नेतर्फ सबै लाग्नुपर्ने अवस्था आएको बताए । त्यसका लागि आफूले पनि प्रदेश सरकारको तर्फबाट व्यवसायिक कृषिका लागि आवश्यक समन्वय र सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

कार्यक्रममा प्रमुख अतिथि सिटौलासँगै प्रदेश १ का उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिना, प्रदेश १ पशुपक्षी विकास निर्देशनालयका निर्देशक डा. पशुपति ढुङ्गाना, नेपाल पशुपक्षी औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटा, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख सितल भट्टराईलगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल पशुपक्षी औषधि व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष रितेश रिमाल, केन्द्रीय महासचिव नारायण भूजेल, केन्द्रीय सदस्य तथा प्रदेश १ इन्चार्ज कमल बराल, प्रदेश अध्यक्ष अशोक सुवेदी लगायतको आतिथ्य थियो ।

साधारणसभाको अवसरमा संघले यस क्षेत्रमा आवद्ध भएर जनप्रतिनिधिमा निर्वाचित विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरेको छ । सम्मानित हुनेहरुमा मेचीनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दिपक बराल, हल्दिबारी गाउँपालिकाका वडा सदस्यमा निर्वाचित तारा ढकाल, इलाम नगरपालिका वडा नम्बर ५ का वडासदस्य प्रमोनन्द दुलाल रहेका छन् ।

नेपाल पशुपक्षी औषधि व्यवसायी संघ मेची शाखा अध्यक्ष महेशलाल मेचेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको सञ्चालन सचिव डेनु मगरले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *