Sajhamanch Archive

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसन बीच भेटवार्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गरेका छन् ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज बुधवार भएको दुईपक्षीय भेटमा आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको उपप्रधानमन्त्री लिङ्देनको सचिवालयले जनाएको छ ।

भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास, प्रशारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।

विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदूत थम्पसनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको बताइएको छ ।

पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न आफूहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताएका थिए ।

केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउँदै लगिने उपप्रधानमन्त्री लिङ्देनको भनाई थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *