प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
Published:
by .झापा । प्रेस चौतारी नेपाल झापा शाखाले आफ्ना प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ ।प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो ।
त्यस्तै जिल्लाका अग्रज पत्रकारहरु नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ । यस्तै स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी झापाको बिहीबार बसेको जिल्ला कमिटीको बैठकले निर्णय गरेको हो ।
प्रेस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयजकत्वमा केन्द्रीय सदस्य एवम् प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी र प्रेस चैतारी नेपालका पूर्व केन्द्रीय सदस्य, झापाका पूर्व अध्यक्ष तथा नेकपा एमाले झापा जिल्ला कमिटीका सदस्य एवम् प्रचार विभाग प्रमुख गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले सिफारिस गरेको अग्रज पत्रकारहरुको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।
छनोट समितिले तयार पारेको मापदण्डका आधारमा अभिनन्दित व्यक्ति र अग्रज पत्रकार छनोट गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
छनोट हुनुभएका व्यक्तिहरुलाई प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार अभिनन्दन र सम्मान गरिनेछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न हुने विशेष समारोह बिर्तामोडस्थित हेवन वाटर पार्कमा आयोजना हुनेछ ।
Comments