Sajhamanch Archive

कमल गाउँपालिकामा नगर अस्पताल सञ्चालनको तयारी

Published: in मुख्य समाचार, समाज, स्थानीय तह, स्वास्थ्य by .

कमल । झापाको कमल गाउँपालिकामा स्वास्थ्य बीमासहितको उपचार सेवा सञ्चालन हुने भएको छ ।

गाउँपालिकाको वडा नम्वर २ मा रहेको तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी आगामी फागुन १ गतेदेखि कमल नगर अस्पतालको नामबाट सेवा सुरु गर्न लागिएको हो ।

गाउँपालिकाका सबै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले स्वास्थ्य चौकीको स्तरोन्नति गरी नगर अस्पतालबाट सेवा सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जानकारी दिएका छन् ।

आम्दा अस्पताल दमकसँगको सहकार्यमा नियमित ओपिडी सेवासहित स्वास्थ्य बीमा अन्तरगत ल्याव, एक्स–रे र ईसिजी सेवा थप गरी नगर अस्पताल सञ्चालनको तयारी पूरा भएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *