बिर्तामोडका सहकारीकर्मीलाई कोपोमिस तालिम
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिकाले सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली तथा कर्जा व्यवस्थापन अन्तर्गतको दोश्रो तालिम बुधबारदेखि सुरु गरेको छ ।
बिराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले गरेका छन् ।
सो तालिममा कोपोमिस तथा ऋण व्यवस्थापन सम्बन्धी सीप प्रदान गरिने बिर्तामोड नगरपालिका सहकारी तथा सामाजिक विकास शाखाका प्रमुख डिल्ली दाहालले जानकारी दिएका छन् ।
नगर कार्यपालिका सदस्य तथा सामाजिक विकास शाखाका संयोजक यमुना आचार्यको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य तिला गौतम, निर्मला सुनार, बिराट बहुउद्देश्यीय सहकारीका प्रवन्ध निर्देशक रुद्र सिटौलाको लगायतको सहभागिता थियो ।
सो तालिममा नेफ्स्कूनका केन्द्रीय सञ्चालक घनश्याम अधिकारीले सहजीकरण गरेका छन् । तालिममा विभिन्न सहकारीबाट ३० जनाले सहभागिता जनाएका छन् ।
नगरपालिकाले यसअघि माघ १४ गतेदेखि सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली सम्बन्धी पहिलो तालिम सञ्चालन गरेको थियो ।
Comments