Sajhamanch Archive

बुद्धशान्ति ४ का बासिन्दाले सांसद सविनासँग धनिपूर्जा मागे

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बुद्धशान्ति । झापा क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य सबिना बजगाईंले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा सो क्षेत्रका बासिन्दासँग भेटेर समसायिक विषयमा छलफल गरेकी छन् ।

वडास्तरमा पुगेर जनतासँग भेट्ने र उनीहरुको आवश्यकता एवम् समस्याहरु संकलन गर्ने यो अभियान निर्वाचन क्षेत्र १ (२) का सबै वडामा सम्पन्न गर्ने उनले बताइन् । आफ्नो बोल्ने क्रममा सांसद बजगाईंले बुद्धशान्ति वडा नं. ४ को लागि सिंचाईको अभाव रहेको बारे आफू जानकार रहेकाले डीप बोरिङको योजना अघि सारेको बताइन् ।

उनले यस ठाउँको विकासका लागि अघि सारिने योजनाहरु सफल बनाउन आफू दिनरात लागि पर्ने बताइन् । विकासका योजनाहरु प्राथमिकताको आधारमा कुन पहिले गर्नुपर्ने क्रम मिलाएर अघि बढाइने उनले सुनाइन् ।

सो भेलामा सहभागीहरुले आफूहरुसँग जग्गा धनीपूर्जा नभएको तर सरकारी निकायबाट कृषिमा अनुदान ल्याउन धनीपूर्जा नहुँदा काम नभएको गुनासो राखे । धनिपूर्जा लिनका लागि बुझाउनु पर्ने राजस्व पनि धेरै भएको गुनासो गर्दै स्थानीय बासिन्दा हरेक कुरा छिटोभन्दा छिटो हुने गरी काम गर्न तथा राजस्व घटाएर आफूहरुलाई धनिपूर्जा दिलाउन सदनमा कुरा उठाइदिन अनुरोध गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *