विकास गिरीको अध्यक्षतामा बिर्तामोड नगर खेलकुद विकास समिति गठन
Published:
by .बिर्तामोड । बिर्तामोडमा नगर खेलकुद विकास समिति गठन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले विकास गिरीको अध्यक्षतामा १५ सदस्यीय खेलकुद विकास समिति गठन गरेको हो ।
बिर्तामोड नगरपालिका खेलकुद विकास निर्देशिका अनुसार कार्यपालिका वोर्डले मनोनित गरेको व्यक्ति नगर खेलकुद विकास समितिको अध्यक्ष रहने व्यवस्था छ भने समितिको उपाध्यक्ष र सदस्य सचिवमा नगर प्रमुखले तोकेको व्यक्ति रहने व्यवस्था छ ।
जसअनुसार समितिको उपाध्यक्षमा आइतमाया लिम्बू शेर्मा र सन्तोष गुरुङलाई मनोनित गरिएको छ । यस्तै समितिको सदस्यमा राम प्रसाई, सुदिप खवास, माधब खरेल, सागर राई, बाघधन राई, रिन्टु हस्दा, बिशाल अग्रवाल, गणेश कटुवाल, रमेश उप्रेती, बिकी चौधरी र शारदा दाहाल रहेका छन् ।
यस्तै समितिको सदस्य सचिवमा बिशन लिम्बूलाई मनोनित गरिएको छ ।
Comments