Sajhamanch Archive

बीबीसीको नयाँदिल्ली कार्यालयमा छापा, कर्मचारीको मोवाइल कब्जामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by .

नयाँदिल्ली । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को नयाँदिल्लीस्थित कार्यालयमा छापा हानेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

समाचारअनुसार बीबीसीमा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत आन्तरिक राजस्व कार्यालयले कब्जामा लिएको जनाइएको छ ।

केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *