सभामुख र उपसभामुखलाई झापामा सम्मान गरिने
Published:
by .झापा । बिर्तामोड नगरपालिकाले सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरलाई बधाई तथा सम्मान गर्ने भएको छ ।
नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज सम्पन्न कार्यपालिकाको बैठकले सभामुख घिमिरे र उपसभामुख राना मगरलाई सम्मान गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको कार्यालयमा फागुन ४ गते बिहीबार दिउँसो २ बजे बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
प्रवक्ता पाण्डेले सभामुख र उपसभामुख दुवैजना झापा क्षेत्र नम्बर २ बाटै रहेका कारण यो गौरव र ऐतिहासिक भएको भन्दै बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा अर्जुनधारा नगरपालिका, कनकाई नगरपालिका र बुद्वशान्ति गाउँपालिकाको समेत सहभागिता रहने जनाइएको छ ।
सभामुख घिमिरे नेकपा एमालेबाट प्रत्यक्ष तर्फ र उपसभामुख राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक तर्फबाट सांसद बनेका हुन् ।
Comments