Sajhamanch Archive

सेन्ट जेभियर्सका विद्यार्थीद्वारा भद्रपुरका विपन्न परिवारलाई राहत

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह by .

भद्रपुर । बिर्तामोड नगरपालिका वडा नं. ८ देउनियाँमा रहेको सेन्ट जेभियर्स स्कूलको स्वयमसेवी समूहले भद्रपुरका ३५ विपन्न परिवारलाई राहत सामग्री हस्तान्तरण गरेको छ ।

विद्यालयका प्रिन्सिपल फादर बोनिफस तिग्गाको संयोजनमा गएका स्वयमसेवी समूहका विद्यार्थीहरूले भद्रपुर ८ र ९ का ३५ विपन्न परिवारलाई राहत सामग्री तथा महिलाहरूलाई सेनिटेरी प्याड प्रदान गरेका हुन् ।

विद्यार्थी समूहकी अध्यक्ष मुस्कान कोठारीले कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै समाजका समस्या पहिचान गरी सामाजिक जागरणमा युवा विद्यार्थी हातेमालो गर्न सक्ने सामाथ्र्य निर्माण गर्न सहयोगको बाटो रोजेको प्रष्ट पारिन् । विपन्न परिवारको स्थलगत पहिचान गरी कार्यक्रम कार्यान्वयनको जिम्मेवारी शिक्षक तथा समितिका सचिव शालिकराम दाहालले गरेका थिए ।

राहत सामग्री भद्रपुर ९ को बुद्ध बस्तिका विपन्न परिवार तथा भद्रपुर ८ एयरपोर्ट छेउ सुकुम्बासी बस्ती पश्चिममा रहेको चिया बगान छेउको सन्थाल गाउँमा वितरण गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *