Sajhamanch Archive

भद्रपुर झापा गोल्डकप २०७९ : उद्घाटन खेलमा भद्रपुर ब्लेजर्स विजयी

Published: (Updated: ) in खेलकुद, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by .

भद्रपुर । मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्स विजयी भएको छ । मेची रंगशाला भद्रपुरमा भएको खेलमा पाहुन टोली भारतको जयगाउँ फुटबल क्लबलाई २–० ले पराजित गर्दै आयोजक भद्रपुर ब्लेजर्सले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे । पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट विदेशी खेलाडी स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डी–बक्समा रहेको स्टफनले गोलमा परिणत गरे । दोस्रो गोल ८०औँ मिनेटमा ब्लेजर्सका मेसुकेले गरे ।

खेलको सुरुवाती समयदेखि नै आयोजक टीमले, पाहुना टोली जयगाउँलाई दबाबमा राखेको थियो । यद्यपि पहिलो हाफमा आयोजकले गोल गर्न सकेन । आयोजकले पाएका मौकालाई जयगाउँले विफल बनाइदियो । दोस्रो हाफमा ब्लेजर्सले जयगाउँको कमजोर डिफेन्सको फाइदा उठाउँदै गोल गर्न सफल भए ।

आजको खेलको प्लेयर अफ दि म्याच भद्रपुर ब्लेजर्सका मेसुके घोषित भए । उनले नगद २० हजार रुपैयाँ पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेको हो ।

विजयी भएको आयोजक भद्रपुर ब्लेजर्स अब क्वाटर फाइनलमा मंलबार संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटा बाई पाएर सिधै क्वाटरफाइनल प्रवेश गरेको छ । सोमबारको खेल विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने भद्रपुर–झापा गोल्डकपको टाइसिटमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *