Sajhamanch Archive

डिआईजी सिंहले दिए राजीनामा

Published: in राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले राजीनामा दिएको बताइएको छ। प्रहरी प्रधान कार्यालय उच्च स्रोतले सिंहको राजीनामा पेस भएको पुष्टि गरेका छन् ।

राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेको जनाइएको छ ।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *