प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाबाट सरकारबाट बाहिरियो
Published: (Updated: )
by .काठमाडौं । प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असहमति जनाउदै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
पुष १० को सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई सघाउनु पर्नेमा सो विपरित काँग्रेस उम्मेद्वारलाई सघाउने निर्णय गरेपछि सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाका नेताहरुले जनाएका छन् ।
आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो ।
केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उप प्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान तथा ऊर्जा मन्त्री थिए ।
Comments