Sajhamanch Archive

नेकपा झापाद्वारा लघुवित्त माथि प्रतिबन्धको घोषणा, बैंक तथा मिटरब्याजीलाई चेतावनी

Published: in अर्थतन्त्र, राजनीति, समाज by .

झापा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले जिल्लाका सबै लघुवित्तहरु माथि प्रतिबन्ध लगाएको छ।

पार्टीका जिल्ला इन्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले शुक्रबार विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गरेका हुन् । यतिबेला बैंक, लघुवित्त संस्था र मिटरव्याजीहरुको चर्को शोषण र आतंकको कारण सर्वसाधरण जनता र उद्योगी व्यवसायीहरु आक्रान्त बनेको र ऋण अशुलीको नाममा लघुवित्त संस्था, मिटर व्याजी र बैंकहरुले गाँउगाँउ गएर जनतालाई भौतिक र मनोवैज्ञानिक दमन गर्ने कार्य तीब्र पारेको भन्दै उक्त कार्य बन्द गर्न चेतावनी दिइएको हो।

बैंक तथा वित्तीय संस्थाका कारण नागरिकहरु आत्महत्या गर्ने अवस्थामा पुगिरहेको भन्दै जनतालाई यो स्थितिमा पुर्याउने यस्ता वित्तीय संस्था र यस्ता अपराधिक गतिविधिलाई संरक्षण गर्ने कमिशनखोर राज्य सत्ताका यस्ता रवैयाहरु खुंकार अपराध नै भएको विज्ञप्तिमा उल्लेख छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘देशलाई पराधिनताको दुश्चक्रमा फसाउदै आर्थिक संकटको दलदलमा फसाइ सकेको यो दलाल पुँजीवादी संसदीय सत्ताबाट जनताले कुनै अपेक्षा गर्ने स्थिति छैन । बैंक तथा वित्तीय संस्थाहरुले यो विषम परिस्थितिमा व्याजदर एक अंकमा घटाई सहज र सरल ढंगले ऋण तिर्ने वातावरण बनाउनु पर्छ । मिटर व्याजी टोले गुण्डाहरुले गुण्डागर्दी सहितको आफ्नो मिटरव्याज गतिविधि तुरुन्त रोक्न पर्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *