Sajhamanch Archive

कमलका तीन विद्यार्थीलाई दोस्रो किस्ता छात्रवृत्ति

Published: in शिक्षा, समाज, सहकारी, by .

कमल । सिता पराजुली तीन सन्तान नै सर्वस्व हुन् भन्ने महान विचारका साथ कमल गाउँपालिका वडा नं. ३ मा बस्छिन् । उनका श्रीमानको देहावसान भएको एक वर्ष पुग्यो । खर परालले छाएको फुसको घरमा दुई छोरी र एक छोरा उनका सहारा हुन् । श्रीमान् रहुन्जेल घर खर्च र नानीहरुको शिक्षामा हुने सबै खर्चको चाँजोपाँजो उनले मिलाउँथे । सिताले यसको व्यस्थापन गर्नुपर्दैनथ्यो । तर अचानक श्रीमानको मृत्यु भएपछि सबै जिम्मेवारी सिताको काँधमा आइलाग्यो । त्यसपछि मात्र उनलाई थाहा भयो रे, घर चलाउन र नानीहरुलाई पढाउन कत्ति गाह्रो हुँदोरहेछ भन्ने ।

उनको यस्तो कारुणिक आर्थिक अवस्था देखेर विद्यालय परिवारले उनकी छोरी आशिका पराजुलीलाई छात्रवृत्तिका लागि सिफारिस गरेका छात्रवृत्ति दिने संस्थाले सहर्ष स्वीकार गरी आज छात्रवृत्ति उपलब्ध गराएको छ । छात्रवृत्ति वापत वार्षिक २१ हजार रुपैयाँ प्राप्त हुँदा मलाई ठूलो राहत भएको सिता सुनाउँछिन् ।

सिताजस्तै गरिबीका कारण उनीहरुका सन्तानको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले झापाली समाज अमेरिकाले झापा जिल्ला सहकारी संघको समन्वयमा हरेक वर्ष ६५ जना छात्रछात्राले यस्तो अवसर पाउने गरेका छन् । झापाको कमल गाउँपालिका वडा नं. ३ मा रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सिफारिसमा आज तीनजना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

शहीद धर्मभक्त माद्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत छात्रा आशिका पराजुली, वडानम्बर २ स्थित कमला मदन आश्रित स्मृति माद्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छात्र दोर्जे बम्जन र कक्षा ८ मा अध्ययनरत छात्रा सरोजा नेपाललाई दोश्रो छात्रपृत्ति प्रदा नगरिएको हो । नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीले प्रति विद्यार्थी १० हजार रुपैयाँका दरले छात्रवृत्तिको दोस्रो किस्ता प्रदान गरिएको बताए ।

छात्रवृत्ति वितरण कार्यक्रममा मन्तब्य राख्दै नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीको पहिचान गरी छात्रवृत्ति प्रदान गरिएको बताए ।

सामुदायिक विद्यालयमा अध्ययनरत अधिकाँश विद्यार्थी निम्न वर्गीय परिवारबाट आउने गरेका तर कमजोर आर्थिक अवस्थाका कारण बीचैमा पढाई छोड्ने गरेकाले सो को न्यूनीकरणका लागि छात्रवृत्तिले थोरै भएपनि सहयोग पुग्ने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *