मिसन ग्रासरुटः कार्ययोजनासहित अघि बढ्यो दमक नगर कमिटी
Published:
by .दमक । नेकपा एमाले दमक नगर कमिटीले मिसन ग्रासरुट अभियान अन्तर्गतका कार्यक्रमलाई तीब्रता दिने निर्णय गरेको छ । पार्टी संगठन सुदृढिकरण तथा विस्तारको यो अभियानलाई वडा र टोलसम्म कार्यकर्तालाई क्रियाशिल गराउने निर्णय गरेको हो ।
एमाले दमक नगर कमिटीको बैठकले कार्ययोजना पारित गरेसँगै काम अघि बढेको हो । पार्टीका केन्द्रीय सदस्यहरु रोमनाथ ओली, गीता अधिकारी, अभियानमा पार्टीका तर्फबाट प्रमुख सहजकर्ता इन्दिरा गौतमसहितको उपथितिमा बैठकले कार्ययोजना पारित गरेको हो ।
बैठकले पार्टी संगठनलाई जनमुखी बनाउने र कार्यकर्तालाई पार्टी काममा अझै सुदृढ ढंगले लाग्न निर्देशनसमेत दिएको छ । अभियानमा फागुन १९ गते मिसन ग्रासरुट अभियानमा विषयमा पार्टीका सदस्य, विभाग सदस्य, जनसंगठनका नेतृत्वलाई अभिमुखीकरण गरिनेछ । यस्तै निर्वाचित जनप्रतिनिधिलाई त्यस कार्यक्रममा तालिम पनि दिइने जनाइएको छ ।
पार्टी नगर कमिटीका उपसचिव सन्तोष दुलालका अनुसार फागुन २१ गते सुखनी शहीद स्मृति दिवसका अवसरमा सेल्टरदाता र पार्टीका पुराना संगठकलाई सम्मान गर्ने कार्यक्रम बनाइएको छ । यस्तै फागुन २२, २३ र २५ वडा कमिटीको बैठक कार्ययोजनासहित सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । अभियानमै फागुन २६ देखि ३० सम्म जनसंगठन र पार्टी सदस्यहरुका लागि प्रशिक्षण कार्यक्रम राखिएको छ । फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अनेसंघले कार्यक्रम गर्ने तय भएको छ ।
पार्टीको बैठकले चैत ७ गतेसम्म टोल बैठक र भेला सम्पन्न गर्ने, पुर्नगठन गरिसक्ने निर्णय गरेको छ भने सोही दिन जातीय विभेद विरुद्धको दिवसमा समेत कार्यक्रम गर्ने निर्णय भएको एमाले दमक नगर कमिटीका अध्यक्ष गेहनाथ पोखरेलले जानकारी दिए ।
यसैगरी, चैत १० गते सदस्यता नविकरण गरिसक्न र चैत मसान्त भित्र पालिका तथा वडा कमिटीको प्रतिनिधि परिषद्को बैठक सम्पन्न गर्ने निर्णयसमेत गरेको छ । यस्तै अभियान अन्तर्गत एमालेका सबै जनसंगठनलाई परिचालन गर्नका लागि अभियान्तालाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ ।
Comments