Sajhamanch Archive

राष्ट्रपति निर्वाचनको नमुना मतपत्र सार्वजनिक

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक गरेको छ । संघीय संसद् र प्रदेशसभाका सदस्यलाई फरक मतपत्र तयार गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए ।

संघीय सांसद ३३१ ले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ । त्यस्तै प्रदेशका ५५० सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा हरियो चिह्न र अक्षर हुनेछ । दुवै मतपत्रमा उम्मेदवारको तस्बिर र नाम राखिएको छ ।

राष्ट्रपति चयनका लागि यही फागुन २५ गते बानेश्वरस्थित अन्तर्राष्ट्रिय केन्द्रमा मतदान हुँदैछ । राष्ट्रपति पदका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन् ।

पौडेललाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीलगायत पार्टीको समर्थन रहेको छ भने नेम्बाङ नेकपा एमालेका उम्मेदवार हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *