Sajhamanch Archive

विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेकोमा डा. बरालको चिन्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् ।

मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. बरालले विदेशी हस्तक्षेपका कारण मुलुकमा अस्थिरता बढेर गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले नेपाल हिन्दूराज्य नभएसम्म विदेशीले धर्मका नाममा चलखेल गरिरहने र कुनै न कुनै बहानामा नेपाल र नेपालीको स्वाधीनता माथि विभिन्न खाले गतिविधि गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेलिरहने दावी गरे ।

विदेशीको हस्तक्षेपकै कारण कुनै पनि नेपालीलाई मुलुकमा आत्मनिर्भर बन्न नदिने र यहाँका युवालाई रोजगारीका नाममा विदेश पठाएर विदेशी नागरिकले यहाँ राज गर्ने उनको बुझाई छ ।

नागरिकता विधेयक, एमसीसीजस्ता परियोजनाले नेपाललाई अझ तहस नहस पार्ने तर्क गर्दै डा. बरालले नागरिकता विधेयक नेपालीको हित विपरित रहेको बताए ।

पत्रकार सम्मेलनमा नेपाल हिन्दूराष्ट्र पुर्नस्थापना मञ्चका भारत अध्यक्ष दीपमाला तामाङ, नेपाल अध्यक्ष अभय राजवंशी, नेपाल हिन्दूराष्ट्र पुनस्र्थापन मञ्च भारतको इष्ट रिजनका अध्यक्ष प्रणव राजवंशीले पनि आ–आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *