Sajhamanch Archive

पत्रकार सहारा उपचार कोषमा मैनाली दम्पत्तिद्वारा २५,५५५ र बिर्तामोड एजुकेशन फाउण्डेशनद्वारा २५,१२५ रुपैयाँ प्रदान

Published: in लोकप्रिय, शिक्षा, समाज, स्वास्थ्य by .

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा डा. लक्ष्मीप्रसाद मैनाली र उनकी पत्नी सुमा सेढाई (मैनाली)ले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा २५ हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् ।

अर्थोपेडिक डाक्टर मैनाली बिर्तामोड ४ पारिजात टोलका स्थायी बासिन्दा हुन् । उनकी पत्नी सुमा त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक हुन् । उनीहरुको फागुन २४ गते १७औं वैवाहिक वर्षगाँठको परेको थियो ।

डाक्टर दम्पत्तिले समाज रुपमान्तरमा पत्रकारको अहम भूमिका रहेको भन्दै पत्रकारको उपचारमा आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले कोषमा सानो आर्थिक सहयोग गरेको बताए । उनले झापा शाखाका कुनै पनि पत्रकार अस्वस्थ्य भएर उपचारका लागि आफू समक्ष आएमा उनीहरुको परीक्षण शुल्क नलिने पनि डा. मैनालीले जनाएका छन् ।

सहयोग ग्रहण गर्दै पत्रकाार महासंघ झापा शाखाका उपाध्यक्ष सुशिला संग्रौलाले डा. मैनाली र उपप्रधापक सेढाईलाई वैवाहिक वर्षगाँठको शुभकामना दिँदै पत्रकार उपचार कोषमा सहयोग गरेकोमा आभार प्रकट गरेकी थिइन् ।

यसैगरी बिर्तामोड एजुकेशन फाउण्डेशनले वार्षिकोत्सवको अवसरमा उपचार कोषमा आर्थिक सहयोग गरेको छ । बिर्तामोड एजुकेशन फाउण्डेशनद्वारा २५ हजार १२५ रुपैंया प्रदान गरेको हो ।

फाउण्डेशनका अध्यक्ष राजकुमार कर्कीले नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

शिक्षालयले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत वार्षिक उत्सवको अवसरमा पत्रकार उपचार कोषलाई रकम हस्तान्तरण गरेको अध्यक्ष कार्कीले बताए । बिर्तामोडमा मुख्य कार्यालय रहेको फाउण्डेशनले मंगलबार संस्थाको छैटौं बार्षिकोत्सवका अवसरमा पत्रकार महासंघलाई आर्थिक सहयोग गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष केशव भट्टराईले महासंघलाई आर्थिक सहयोग गरेकोमा फाउण्डेशनलाई आभार प्रकट गर्दै संस्थाको आगत सफलताको शुभकामना दिएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *