मेचीनगरमा शारीरिक असक्तलाई ह्वील चियर वितरण
Published:
by .मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र शारीरिक रूपमा असक्त रहेका नागरिकलाई सहजताका लागि ह्वील चियर वितरण कार्यको शुभारम्भ गरेको छ ।
नगरपालिकाको सभाहलमा एक कार्यक्रमका बीच नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्त रूपमा नगरका १५ जना शारीरिक रूपमा असक्त नागरिकलाई ह्वील चियर वितरण गरि मेचीनगरलाई ह्वील चियर युक्त नगर बनाउने अभियानको शुभारम्भ गरेका हुन् ।
शारीरिक रूपमा अति असक्त भएका नागरिकको दैनिकीमा सहजता पुर्याउन नगरपालिकाले पहिलो चरणमा करिब १५ हजार मूल्य प्रतिथान पर्ने १०० थान ह्वील चियर वितरण गरिने मेचीनगर महिला बालबालिका शाखा प्रमुख जयन्ती खरेलले जानकारी दिइन् ।
कार्यक्रममा नगर प्रमुख बुढाथोकी र उपप्रमुख पोखरेलले मेचीनगरले ह्वील चियरयुक्त नगर बनाउन विगतदेखि नै ह्वील चियर वितरण गर्दै आएको बताउँदै यसलाई थप प्रभावकारी बनाउन ह्वील चियर नपाएकाहरूलाई पुनः आजदेखि वितरण सञ्चालन गरिएको जनाए ।
ह्वील चियर वितरण कार्यक्रममा नगरप्रमुख, उपप्रमुखसहित नगरपालिकाका वरिस्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, लेखा अधिकृत राजन भेटवाल, स्वास्थ्य शाखा प्रमुख सावित्रा सापकोटा लगायतका कर्मचारी, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थिति थियो ।
Comments