सुवास नेम्वाङलाई एमाले संसदीय दलमा उपनेताको जिम्मेवारी
Published:
by .काठमाडौँ । नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ मनोनित भएका छन् । संसदीय दलको नेता एवं अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई आज सोमबार उपनेतामा मनोनित गरेका हुन् । २०७४ सालको चुनावपछि पनि नेम्वाङ नै एमाले संसदीय दलको उपनेता बनेका थिए ।
इलाम २ बाट विजयी नेम्वाङ एमालेका उपाध्यक्षसमेत हुन् । २०५१ सालमा न्याय, कानुन तथा संसदीय व्यवस्थामन्त्री भएका नेम्वाङ २०६३ मा पुनर्स्थापित प्रतिनिधिसभाको सभामुख र पहिलो र दोस्रो संविधानसभाको अध्यक्ष रहेका थिए ।
गत बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेम्वाङ कांग्रेसका रामचन्द्र पौडेलसँग पराजित भएका थिए ।
आइतबार मात्रै अध्यक्ष ओलीले संसदीय दलको प्रमुख सचेतकमा पर्वतका सांसद पदम गिरी र सचेतकमा मकवानपुर २ का सांसद महेश बर्तौलालाई नियुक्त गरेका थिए ।
Comments