Sajhamanch Archive

चैत २५ भित्र जिल्ला अधिवेशन गरिसक्न उद्योग ब्यवसाय महासंघ झापाको पालिका कमिटीलाई निर्देशन

Published: in अर्थतन्त्र, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

झापा । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ झापाले जिल्लाका १५ वटै पालिका कमिटीको अधिवेशनका लागि ‘डेडलाइन’ तोकेको छ ।

महासंघका जिल्ला उपाध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको बैठकले यही चैत महिनाको २५ गतेभित्र १५ वटै पालिकाको अधिवेशन गरिसक्न समयसीमा निर्धारण गरेको हो ।

सबै पालिका कमिटीहरुलाई चुस्त दुरुस्त सञ्चालन गर्न र पार्टीले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियानलाई समेत मध्यनजर गरेर महासंघले मातहत कमिटीको अधिवेशन गराउने निर्णय गरेको उपाध्यक्ष कार्कीले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *