Sajhamanch Archive

महेन्द्र मोरङमा अखिलको ताला खुल्यो

Published: (Updated: ) in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा by .

विराटनगर । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा गरेको तालाबन्दी खोलेको छ ।

क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले शनिबार दिउँसो तालाबन्दी गरेको थियो । भयरहित वातावरणमा निर्वाचन गर्ने सहमति पछि ताला खोलेको अनेरास्ववियु मोरङ जिल्ला अध्यक्ष तुलसी घिमिरेले बताएका छन् ।

अनेरास्ववियुले प्राइभेट फ्याक्ल्टीका विद्यार्थीलाई धम्की दिएको र ट्रान्सफर भइसकेका विद्यार्थीलाई पनि मतदाताको सूचीमा राखेको भन्दै तालाबन्दी गरेको थियो ।

अनेरास्ववियुसँग सहमति भएर ताला खुलेपछि आइतबार निर्वाचन हुने क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले बताए । आइतबार विहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

महेन्द्र मोरङको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, अनेरास्ववियुबाट नवीन पहाडी र अखिल क्रान्तिकारीबाट रोहित यादव उम्मेदवार छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *