Sajhamanch Archive

स्ववियू निर्वाचनः झापामा अनेरास्ववियू र नेवि संघ हाराहारी शक्ति !

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय, शिक्षा, by .

झापा । त्रिभुवन विश्वविद्यालय अन्तरगत चैत ५ गते झापाका १० वटा क्याम्पसको स्ववियू निर्वाचन सम्पन्न भएकोमा ९ वटाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार अनेरास्ववियू र नेविसंघ हाराहारी शक्तिका रूपमा देखिएका छन् ।

सम्बन्धित क्याम्पसका निर्वाचन समितिहरुले सार्वजनिक गरेको परिणाम अनुसार मेची क्याम्पस भद्रपुर, कृषि क्याम्पस गौरादह, गौरीगञ्ज क्याम्पस, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा र सीतारमेश क्याम्पस बुधबारेको नेतृत्व अनेरास्ववियूले पाएको छ ।

कनकाई क्याम्पस बिर्तामोड, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, त्रिदेव क्याम्पस चारआली, शनिश्चरे बहुमुखी क्याम्पस शनिश्चरेको नेतृत्व नेवि संघले प्राप्त गरेको हो ।

यो समाचारतयार गरुन्जेलसम्म दमक बहुमुखी क्याम्पसको मत परिणाम सार्वजनिक भएको छैन ।

मेची बहुमुखी क्याम्पस भद्रपुरः

झापाको सर्वाधिक विद्यार्थी संख्या रहेको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियूका सन्देश धमलाले सभापति पद जितेका छन् । त्रिपक्षीय प्रतिष्पर्धा रहेको निर्वाचनमा धमलाले नेपाल विद्यार्थी संघका किशोर ढुंगानालाई १३० मतको अन्तरले पराजित गरे । धमलाले ९६० मत ल्याउँदा ढुंगानाले ८३० मत पाएका छन् ।

त्यस्तै सचिवमा अनेरास्ववियूकै विदन राई विजयी भएका छन् । राई १ हजार १३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेवि संघका भिष्म घिमिरेले ९३३ मत पाए । कोषाध्यक्षमा भने नेवि संघकी निलम कार्की विजयी भएकी छिन् । उनले १ हजार १५० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी अनेरास्ववियूका अनिल चौहानले ७२७ मत पाएका छन् ।

त्यस्तै अनेरास्ववियूले दुईवटा सदस्य जित्दा नेवि संघले पाँचवटा सदस्य पद जितेको छ । अनेरास्ववियूका तर्फबाट अनुषा भण्डारी (९३६), उद्देश्य भण्डारी (१०७७) मत पाएर निर्वाचित भए ।

यसैगरी नेवि संघकाबाट सौरभ ओस्ती (९७२), प्रजिन खतिवडा (१००४), भिमार्जुन गिरी (९४३), प्रतिक शाह रौनियार (१००१) र विवेक ढकाल (९६५) मत ल्याई निर्वाचित भएका अन्तिम मत परिणाम विवरणमा उल्लेख छ ।

मेची बहुमुखी क्याम्पसमा त्रिपक्षीय भिडन्त भएको थियो । नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राप्रविसंले संयुक्त प्यानल बनाएका थिए । अनेरास्ववियू प्रगतिशील संयुक्त संगठन नाम दिइएको सो प्यानलबाट धमलाले अध्यक्षमा निर्वाचन लडेका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियूले अर्को प्यानल बनाएका थिए । यसपटक मेची क्याम्पसमा २०औं कार्यकालका लागि स्ववियू निर्वाचन भएको हो । १९ पटकसम्मको निर्वाचनमा चार पटक नेपाल विद्यार्थी संघले जितेको थियो भने १५ पटक अनेरास्ववियूले जीत हासिल गरेको इतिहास छ ।

कनकाई आदर्श क्याम्पस बिर्तामोडः

बिर्तामोडस्थित कनकाई आदर्श क्याम्पसको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई ६३७ मतको फराकिलो अन्तरले पराजित गरी नेवि संघका किरण गुरुङ प्यानलसहित निर्वाचित भएका हुन् । नेवि संघका गुरुङले ७६५ मत ल्याउँदा न्यौपानेले मात्र १२५ मत पाएका छन् ।

निर्वाचित हुने नेवि संघका तर्फबाट सचिवमा बिमल कट्टेल (७०६), कोषाध्यक्षमा सम्पदा पोखरेल (७५३) तथा सदस्यहरुमा साजन लिम्बू (७६९), इशान ओली (७५४), रोशन कार्की (७७५), दिव्यकला कार्की (७६१), कुशल खनाल (७५०), मनिष कोइराला (७३८), विधान लिम्बू थेवे (७४२) र रोहित काफ्लेले (६९३) मत ल्याएका छन् ।
सो क्याम्पसमा सभापति पदमा चारजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अखिल क्रान्तिकारीका लक्ष्मण थापाले (३२) र स्वतन्त्र उम्मेदवार विशाल पौडेलले (१६) मत पाएका छन् ।

इन्द्रचन्द्र क्याम्पस बिर्तामोडः

बिर्तामोडस्थित इन्द्रचन्द्र क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका पवन दाहाल निर्वाचित भएका छन् । उनले ३९० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियूका निर्मल लाम्गादेले २३७ मत पाएका छन् ।

त्यस्तै सचिवमा नेवि संघका श्रीजित ढुंगाना (४१५) र कोषाध्यक्षमा नेवि संघका शीतल गुरुङ (४४१) मत ल्याई विजयी भए । स्ववियु सदस्यहरुमा नेवि संघबाट रविन खड्का (४६१), बृन्दा तामाङ (३९५), ज्ञानबहादुर फत्र (३९८) र समीक्षा पाण्डे (४२६) विजयी भए ।

सो क्याम्पसमा पदाधिकारीसहित चारवटा सदस्य नेवि संघले जित्दा अनेरास्ववियूले दुईवटा सदस्यमात्र जितेको हो । अनेरास्ववियूबाट आकाश थापाले ३९१ र उज्वल घिमिरेले ३८१ मत प्राप्त गरेर अखिलको विजारोपण गरेका हुन् ।

त्इन्द्रचन्द्र क्याम्पसमा अनेरास्ववियू, नेवि संघ, अखिल क्रान्तिकारी र एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियूका तर्फबाट चार जनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

सीतारमेश बहुमुखी क्याम्पस बुधबारेः

बुद्धशान्तिस्थित सीतारमेश बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियूका प्रदीप बर्देवा सभापतिमा निर्वाचित भएका छन् । उनले ३३ मतान्तरले जित हासिल गरेका हुन् ।

बर्देवाले २०६ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेवि संघका विवेक कार्कीले १७३ मत प्राप्त गरे । त्यस्तै सचिवमा अनेरास्ववियूका अशोक भण्डारीले जितेका छन् । उनले २०४ मत प्राप्त गर्दा नेवि संघकी मेलिना मिश्रले १७१ मत प्राप्त गरिन् ।

कोषाध्यक्षमा नेवि संघका सन्तहाङ लिम्बूले ७ मतले जितेका छन् । उनी १८९ मत ल्याएर विजयी भए भने अनेरास्ववियूकी रमला राईले १८२ मत प्राप्त गरेकी थिइन् । उक्त निर्वाचनमा जम्मा ३८८ मत खसेको थियो ।

त्रिदेव क्याम्पस चारआलीः

मेचीनगर १३ चारआलीमा रहेको त्रिदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियू र नेवि संघका उम्मेदवारहरु बराबरजस्तै निर्वाचित भएका छन् ।

नेपाल विद्यार्थी संघले सभापति र सचिव तथा दुईजना सदस्यहरुमा जीत निकालेको छ भने अनेरास्ववियूले कोषाध्यक्षसहित पाँचवटा सदस्य पदमा विजय हासिल गरेको छ ।

नेवि संघबाट सभापतिमा अर्जुन गौतम (२८१), सचिवमा मनिराज विष्ट (३०६) र कोषाध्यक्षमा अनेरास्ववियूका ईश्वर रिजाल (३२२) मत प्राप्त गरेर निर्वाचित भए ।

सदस्यहरुमा अनेरास्ववियूका भूगोल भट्टराई (२९७), दावा तामाङ (३२५), हरि पौडेल (२६१), मदन चिमरिया (२९३) र कैलाश रेग्मी (२९६) प्राप्त गरेर विजयी भए । यस्तै नेवि संघका सृजल अर्याल (३४१) र रोशन पोखरेल (३०६) मतसहित सदस्यमा विजयी भएका छन् ।

शनिश्चरे बहुमुखी क्याम्पसः

अर्जुनधारा ८ मा रहेको शनिश्चरे बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गठबन्धनको प्यानल विजयी भएको छ । गठबन्धनका तर्फबाट नेपाल विद्यार्थी संघका बिशाल थापा २७७ मत ल्याई सभापतिमा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा अखिल क्रान्तिकारीका गगन चापागाईं २६२ मत ल्याई विजयी भए ।

त्यस्तै कोषाध्यक्षमा शर्मिला न्यौपाने (२६०) तथा सदस्यहरुमा निमेश भण्डारी (२८३), देवेन्द्र गिरी (२६०), दिपक भट्टराई (२४७), टिकाराम दाहाल (२७८), रविन प्रधान (२७७), अरुण श्रेष्ठ (२५५) मतसहित विजयी भएका छन् ।

शनिश्चरे बहुमुखी क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारीको संयुक्त प्यानलसँग अनेरास्ववियूले एक्लै निर्वाचन लडेको थियो ।

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाः

कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको स्ववियु सभापति अनेरास्ववियूले जितेको छ । सिंगल प्यानल बनाएर निर्वाचन लडेको अनेरास्ववियूले नेवि संघ, अखिल क्रान्तिकारी र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानललाई पराजित गरेको हो । गठबन्धन बनाएर निर्वाचन लडेको नेवि संघले सचिव र एउटा सदस्य पदमात्र जितेको छ ।

अनेरास्ववियूका तर्फबाट सभापतिमा चेतन आचार्यले ४१४ मत र कोषाध्यक्षमा प्रिया पुरी ३५८ मत पाएर विजयी भए भने सचिवमा नेवि संघका बासुदेव निरौला ३६२ मत पाएर विजयी बने ।

स्ववियु सदस्यहरुमा अनेरास्ववियुका मिना ढुङ्गेल (३९४), रोहन कोइराला (३७५), जोमर अली (३६६), मनिश दर्जी (३४७) र मदन उप्रेती (३६२) तथा नेवि संघका प्रविण राई (३५९) मत पाएर निर्वाचित भएका छन् ।

सो क्याम्पसमा कुल १ हजार ३७१ मतदाता रहेका थिए । त्यसमध्ये ८३२ अर्थात ६१ प्रतिशत मत खसेको थियो ।

गौरीगञ्ज बहुमुखी क्याम्पसः

गौरीगञ्ज बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानल नै विजयी भएको छ । सो क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको थियो । यसअघिको स्ववियु सभापति नेवि संघले जितेको थियो ।

अनेरास्ववियूका तर्फबाट स्ववियू सभापति पदमा उम्मेदवारी दिएका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजय हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले ६८ मत मात्र पाए ।

त्यस्तै सचिवमा निरबहादुर प्रधान (१०८), कोषाध्यक्षमा निरज माझी (१०४) र सदस्यहरुमा ममताकुमारी राजवंशी (१०६), समीक्षा कटुवाल (९८) र कृष्णप्रसाद गनगाईं (९८) मत ल्याई निर्वाचित भएका छन् ।

आइतवार सम्पन्न निर्वाचनमा कूल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत मत खसेको थियो ।

गौरादह कृषि क्याम्पसः

गौरादह कृषि क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियूको प्यानल नै विजयी भएको छ ।

सभापतिमा अनेरास्ववियुका विक्रमकुमार तिवारी १३० मत ल्याई प्यानलसहित विजयी भएका हुन् । नेवि संघका तर्फबाट सभापतिमा उम्मेदवारी दिएका राजेन्द्र काफ्लेले ९९ मत पाएका छन् ।

अनेरास्ववियूको प्यानलबाट सचिव पूर्णबहादुर राना १३८, कोषाध्यक्ष झरना सुवेदी १३९ तथा सदस्यहरुमा प्रकाश पौडेल १३०, सविन कटुवाल १२७, सुनिता बस्नेत १२३, मनिसकुमार राई १४२ र रिकिताकुमारी चौधरी १३९ मत ल्याई विजयी भएका छन् ।

झापाका ९ वटा क्याम्पसमध्ये सबैभन्दा बढी प्रतिशत मत (९७ प्रतिशत) गौरादह कृषि क्याम्पसमा खसेको थियो । गौरादह कृषि क्याम्पसमा कूल २३६ मतदाता रहेकोमा २२९ मत खसेको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *