पशु प्रजनन सम्बन्धी अन्तरक्रिया बिर्तामोडमा सुरु
Published:
by .बिर्तामोड । विज्ञसंग प्राविधिकहरुको पशु प्रजनन सम्बन्धी अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सुरु भएको छ ।
बिर्तामोड नगरपालिका पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा २ दिने अन्तरक्रिया कार्यक्रम आजदेखि सुरु भएको हो ।
कृत्रिम गर्भाधान प्रक्रिया (एआई)मा धेरै समस्या आउन थालेका कारण बिर्तामोड र हल्दीबारीका गरी २५ जना पशु प्राविधिकलाई राखेर कार्यक्रमको आयोजना गरिएको पशुपछी तथा मत्स्य विकाश शाखा प्रमुख सावित्रा दाहालले जानकारी दिएकी छन् ।
अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले किसानले गरेको श्रम खेर जान नदिनका लागि यस प्रकारका समस्या समयमै निराकरण गर्नुपर्ने बताइन् । उनले कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न प्राविधिकहरुलाई आग्रह पनि गरिन् ।
अन्तरक्रिया पछि गोठ गोठमै पुगेर समस्याका बारेमा पहिचान तथा समाधान गरिने शाखा प्रमुख दाहालले जानकारी दिएकी छन् । सहभागीहरुलाई सिमेन बैंक लाहानका डा. शुभनाथ महतो र अधिकृत नगेन्द्रप्रसाद महतोले सहजीकरण गर्दैछन् ।
Comments