नवोदयका कर्मचारीलाई उद्घोषण तालिम
Published:
by .कमल । कमल गाउँपालिका वडा नं. ३ केर्खामा मुख्य कार्यालय रहेको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई उद्घोषण तालिम प्रदान गरेको छ ।
संस्थाले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिवसीय प्रभावकारी उद्घोषण तालिम प्रदान गरेको हो । विष्णुप्रकाश निरौलाले तालिमको सहजीकरण गरेका हुन् ।
तालिम समापन कार्यक्रममा संस्थाका उपाध्यक्ष उमानाथ भण्डारीले सहभागीहरुलाई यो अवसरमा सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्दै जीवन उपयोगी बनाउन सुझाव दिए ।
तालिम समापन कार्यक्रममा सहभागीका तर्फबाट सीता दंगाल, यशोदा दाहाल, भगिश्वर बस्नेत र मुरारी घिमिरेले तालिम अत्यन्तै उपयोगी भएको बताए ।
तालिमबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउँदै उनीहरुले आगामी दिनमा आफूले सिकेको ज्ञान र सिपलाई व्यवहारमा लागू गर्ने विश्वास दिलाए ।
संस्थाका व्यवस्थापक फणिन्द्रबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा संस्थाका सल्लाकार समिति संयोजक डम्बरबहादुर पौडेलले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
आशिष दाहालले सञ्चालन गरेको तालिम समापन कार्यक्रममा सहभागीहरुलाई प्रतिमा निरौलाले शाब्दिक स्वगत गरेकी थिइन् ।
Comments