सहाराका सदस्यलाई एक लाख मृत्यु राहत प्रदान
Published:
by .कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ की गङ्गाकुमारी खबासलाई सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले मृत्यु राहत वापत एक लाख रुपैयाँ प्रदान गरेको छ ।
सहारा नेपाल साकोसको कर्जा नीति अनुसार कर्जा सुरक्षण कार्यक्रम अन्तर्गत सदस्य वा सदस्यको श्रीमान–श्रीमतीको मृत्यु भएमा निजले लिएको कर्जा मिनाहा हुने व्यवस्था छ । सोही नीति अनसािर गंगाकुमारीका श्रीमानको मृत्यु पछि उनलाई संस्थाले राहत प्रदान गरेको हो ।
साहारा नेपाल साकोसको केर्खा सेवा केन्द्रबाट आज बुधबार खबास निवासमा गएर एक लाख रुपैया प्रदान गरेको हो । सेवा केन्द्र प्रमुख विकास गिरी र सेवा केन्द्र सहयोग उपसमितिका सदस्य उर्मिला रिजालले उक्त रकम प्रदान गरेका हुन् ।
सहारा नेपाल साकोस केर्खाका कर्मचारी कूलप्रसाद प्रसाईले दिएको जानकारी अनुसार गंगाका श्रीमान्को फोक्सो तथा पेट सम्बन्धी रोगका कारण करिब दुई महिना अगाडि मृत्यु भएको थियोे ।
श्रीमानको मृत्युपछि अब सहकारीबाट लिएको कर्जा कसरी तिर्ने भन्ने चिन्ताले सताइरहेको बेला गंगालाई मृत्यु राहत सुविधाले हौसला बढेको बताइएको छ ।
Comments