Sajhamanch Archive

नारी सञ्चार गृह झापाको नयाँ नेतृत्व सर्वसम्मत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएकी छन् ।

झापाका महिला सञ्चारकर्मीहरुको छाता संस्था नारी सञ्चार गृहको मंगलबार बिर्तामोडमा सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा सर्वसम्मत समिति चयन गरेको हो ।

कार्य समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यहरुमा भारती राई, टिका पोखरेल, अनुषा चुडाल, दिपा पोखरेल, विनिसा गौतम र मिना विश्वकर्मा निर्वाचित भएका छन् । संस्थाको विधान बमोजिम पहिलो बैठकले एकजना सदस्य मनोनयन गर्नेछ ।

संस्थाका संस्थापक अध्यक्ष सावित्रा दाहालको संयोजकत्वमा मोहनकाजी न्यौपाने, ज्ञानेन्द्र निरौला, राजु पाठक सदस्य रहेको निर्वाचन समितिले निर्विरोध नेतृत्व चयनमा भूमिका खेलेको हो ।

यसअघि संस्थाका अध्यक्ष भिमा शिवाकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गोविन्दचन्द्र छेत्री, अध्यक्ष एकराज गिरी, प्रेस युनियन प्रदेश नम्बर १ का उपाध्यक्ष ज्ञानेन्द्र निरौला, प्रेस चौतारीका झापा अध्यक्ष मनकुमार गदाल, प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठक लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

वक्ताहरुले पत्रकारिता क्षेत्रका समस्या समाधानमा सहकार्य जरुरी रहेको औंल्याएका थिए । अधिवेशनमा सचिव भूमिका सुब्बाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन एवम् कोषाध्यक्ष जोश्ना श्रेष्ठले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *