गठबन्धन सरकारले टुङ्ग्यायो मन्त्रालयः कुन पार्टीले कुन कुन मन्त्रालय पाउँछन् ?
Published: (Updated: )
by .काठमाडौँ । सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ । माओवादी केन्द्रले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको स्रोत बताउँछ ।
त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ भने त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय पाउने छ । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहभागी नेतको भनाई छ ।
अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको बताइएको छ । सोही अनुसार दलले मन्त्री बन्ने व्यक्ति टुंगो लगाउने गरी बैठक सकिएको हो ।
Comments