Sajhamanch Archive

छानो उडाउँदा पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, लोकप्रिय by .

बिर्तामोड । आँधी हुरीसहित आएको वर्षातका कारण पाथीभरा स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ। शुक्रबार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको सो उद्योगमा करोडौंको क्षति भएको सञ्चालकले जनाएका छन् ।

उद्योगमा एसीबी २ थान, ५०० एचपी मोटर, ७ एमएम टोकरीको प्यानल र मोटरसहित सेड, पुसरको प्यानल र मोटर, भट्टी र सेड, लेथको प्यानल मोटर, ल्याब, कार्यालयको कम्प्युटर, प्रिन्टर लगायत धेरै मेशिनहरु पानी पसेर पूर्णरुपमा काम नलाग्ने अवस्थामा पुगेको इण्डष्ट्रिजका प्रवन्ध निर्देशक कपिल बिमलीले जानकारी दिएका छन् ।

यस्तै उद्योगमा काम गर्ने मजदुर बस्ने क्वाटरसमेत पूर्णरुपमा क्षति पुगेको छ । त्यहाँ भएका भाँडाकुँडा, ग्यास चुल्हो, लत्ता कपडा लगायतका समग्रीहरुमा क्षति हुनका साथै भवनको छानामा लगाएको जस्ता पातासमेत उडाएको छ ।

उद्योगको मुख्य मेशिन र भट्टी रहेको स्थानको छाना उडाएर असिना पानी पसेका कारण ठूलो क्षति भएको उद्योगका व्यवस्थापक भुपाल थापाले जानकारी दिए ।

शनिबार विहान उद्योगको वरीपरी रहेको खाली जग्गा र सडकमा छानामा लगाइको जस्तापाता छरिएको पाइएको स्थानीयहरु बताउँछन् । यस उद्योगमा १३५ जनाभन्दा बढीले रोजगारी पाएका थिए ।

सो उद्योग कोशी प्रदेशकै उत्कृष्ठ स्टिल उद्योगका रुपमा परिचित छ । बैङ्कको व्याजदर र बजारको आर्थिक मन्दीको अवस्थाले पिरोलिरहेका बेला उद्योगले ठूलो क्षति व्यहोर्नु पर्दा लागनीकर्ताहरु निकै मारमा परेको पाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *