Sajhamanch Archive

राहत हस्तान्तरणमा बिर्तामोड २ को अनुशरणयोग्य तत्परता

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । दैवी तथा प्राकृतिक विपत्ती जहिले पनि जसलाई पनि पर्न सक्दछ । यसले धनी गरिब छुट्याउँदैन । शुक्रबार साँझ आएको असिना सहितको वर्षात् र हावाहुरीले पनि झापाका धेरै परिवारको बिचल्ली बनाएको छ ।

असिनाले मकैका बोट, सागसब्जी लगायत पुरानो टिनको छानो छिया छिया बनाई दिएको छ । आँधी हुरीसहित आएको वर्षातका कारण स्टिल इण्डष्ट्रिजमा ठूलो क्षति भएको छ।

शुक्रबार साँझ आएको आँधी हुरीसहितको वर्षातले बिर्तामोड नगरपालिका वडा नम्बर २ मा रहेको सो उद्योगमा करोडौंको क्षति भएको सञ्चालकले जनाएका छन् ।

यस्तो विपदको समयमा तीनै तहका सरकारले पिडीतको घाउमा मल्हमपट्टी गरेमा मात्र सरकार भएको महसुस गर्न सकिन्छ । यसका लागि धनमात्र भएर पुग्दैन, जनप्रतिनिधिहरुमा इच्छाशक्ति पनि आवश्यक छ । यही इच्छाशक्ति देखाएका छन्, बिर्तामोड नगरपालिका वडा नं. २ का वडाध्यक्ष किशोर पौडेलसहित वडा सदस्यहरुले ।

वडा नं. २ मा शुक्रबार साँझको प्राकृतिक प्रकोबाट ८५ घरको छानो तथा टाटी उडाएको तीमध्ये अधिकांश गाईगोठ रहेको वडाध्यक्ष पौडेलले जनाएका छन् । हावाहुरी र वर्षातका कारण १०० बिघाभन्दा धेरै मकैबाली लगायत अन्य फसलहरू पूर्णरूपमा नष्ट भएको लगत संकलन गरिएको उनको भनाई छ ।

उक्त घटनामा घर गोठको छानो उडाएका पिडीतहरुलाई आज बिर्तामोड नगरपालिकाबाट प्राप्त ६० थान र नेपाल रेडक्रस सोसाइटी झापाबाट प्राप्त २० थान त्रिपाल गरी ८० थान हस्तान्तरण गरिएको छ । बिर्तामोड नगरपालिकाका प्रमुख पबित्रा महतरा प्रसाईं, वडा नं. २ का वडाध्यक्षसहित जनप्रतिनिधिहरु, वडाका सचिवसहित कर्मचारीहरु, रेडक्रसकर्मीहरुले घरघरमा नै पुगेर राहतस्वरुप त्रिपाल प्रदान गरिएको वडाध्यक्ष पौडेलले जनाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *